सुन र चाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
६ फाल्गुन २०८२, बुधबार १०:५७

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।













