आज ग्याल्पो ल्होसार पर्व मनाइँदै

काठमाडौं । नेपालभर आज शेर्पा समुदायको प्रमुख सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नयाँ वर्षको आगमनको प्रतीकका रूपमा मनाइने यस पर्वमा धार्मिक अनुष्ठान, सांस्कृतिक नृत्य, परम्परागत भोजन तथा सामूहिक शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ।
बिहानैदेखि बौद्ध गुम्बाहरूमा पूजा–आराधना गरी शेर्पा समुदायका मानिसहरूले परम्परागत पोशाक लगाएर एकआपसमा शुभकामना साटासाट गरी यो पर्व मनाइँने गरिन्छ। घरघरमा विशेष परिकार तयार गरी परिवार र आफन्तसँग मिलेर पर्व मनाउने परम्परा रहेको छ।
सरकारले पनि ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। जसकारण आज सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था लगायत बन्द रहनेछन्।












