झण्डै ३ किलो चाँदीका दाना सहित किशोर पक्राउ

६ फाल्गुन २०८२, बुधबार ११:४३

काठमाडौं । नेपाल प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट करीब २ किलो ९०० ग्राम चाँदीका दाना सहित पर्सा फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार बिहान पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीको टोलीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ५५२९ नम्बरको बसमा सवार उक्त किशोरलाई चाँदीका दाना सहित पक्राउ गरेको हो।

पक्राउ गरिएका किशोरमाथि थप अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*