अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

६ फाल्गुन २०८२, बुधबार १२:४५

काठमाडौं । बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । टिपरको ठक्करबाट धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेर राजमार्ग अवरुद्ध गरेका थिए ।

प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ । भिड नियन्त्रण गर्न १२ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए । मृतक प्रधानले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटर चलाएका थिए । टिपर चालकलाई नियन्त्रणमा लिइएको डीएसपी विष्टले जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*