६ महीनामा ऋणीले २० वाणिज्य बैंकमा बुझाए २ खर्ब ३० अर्ब ब्याज

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा २० वटा वाणिज्य बैंकका ऋणीहरूले ऋण बापत बैंकमा २ खर्ब ३० अर्ब ८३ करोड ७२ लाख रुपैयाँ ब्याज तिरेका छन्। गत आवको ६ महीनासम्म ऋणीले २ खर्ब ५४ अर्ब २ करोड ९२ लाख रुपैयाँ ब्याज तिरेकोमा चालू आवमा यस्तो ब्याज ९.१३ प्रतिशतले घटेको हो।
बैंकले ऋणीहरूलाई विभिन्न प्रकारको ऋण (जस्तै व्यक्तिगत ऋण, सवारी साधन ऋण, व्यवसाय ऋण आदि) प्रवाह गरेको हुन्छ उक्त ऋण लिए बापत ऋणीहरूले बैंकमा सयमसमयमा ब्याज तिरेका हुन्छन् सोही ब्याज बापत बैंकले उक्त राशीको आम्दानी गरेको तथ्यांकले देखाएको छ।
चालू आवको पुस मसान्तसम्म ग्लोबल आइएमई बैंकमा मात्रै ऋणीहरूले २० अर्ब ८ करोड ७० लाख रुपैयाँ ब्याज तिरेका छन् भने नबिल बैंकमा १९ अर्ब २० करोड ८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा १६ अर्ब १३ करोड ८५ लाख रुपैयाँ, कुमारी बैंकमा १५ अर्ब १७ करोड ५८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा १४ अर्ब ४८ करोड ४० लाख रुपैयाँ ब्याज तिरेका छन्।

त्यसैगरी लक्ष्मी सनराइज बैंकमा १२ अर्ब ८२ करोड रुपैयाँ, एनआईसी एशिया बैंकमा १२ अर्ब ३ करोड ३० लाख रुपैयाँ, हिमालयन बैंकमा ११ अर्ब ८१ करोड १७ लाख रुपैयाँ, प्रभु बैंकमा ११ अर्ब ७२ करोड ६५ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकमा ११ अर्ब २१ करोड ८४ लाख रुपैयाँ, एनएमबि बैंकको १० अर्ब ६५ करोड ३५ लाख रुपैयाँ, कृषि विकास बैंकमा १० अर्ब ४६ करोड ५ लाख रुपैयाँ ब्याज तिरेका छन्।
त्यस्तै सिद्धार्थ बैंकले १० अर्ब ४३ करोड १२ लाख रुपैयाँ, नेपाल बैंकले १० अर्ब ३७ करोड ७६ लाख रुपैयाँ, एभरेष्ट बैंकले १० अर्ब १७ करोड ८० लाख रुपैयाँ, सानिमा बैंकले ८ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ, सिटिजन्स बैंकले ७ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ७ अर्ब २७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ६ अर्ब ८५ करोड २५ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ७२ करोड ७० लाख रुपैयाँ ऋणीबाट ब्याज उठाएको छ।
बैंकहरूले गत आवको पुस मसान्तसम्म ऋणीबाट लिएको ब्याजको तुलनामा चालू आवको पुस मसान्तसम्म १९ वटा बैंकहरूको ब्याज धेरथोरले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको मात्रै ८.७६ प्रतिशतले बढेको छ। एनआईसी एशिया बैंकको सर्वाधिक २३.१३ प्रतिशतले घटेको छ भने एभरेष्ट बैंकको १.१९ प्रतिशतले ब्याज आम्दानी घटेको छ।












