भोजपुरमा नेपाली सेना सवार बस दुर्घटना, २४ जना घाइते

६ फाल्गुन २०८२, बुधबार १६:३८

काठमाडौं । भोजपुर जिल्लाको भोजपुर नगरपालिका–४ स्थित सेतीबगरमा नेपाली सेना सवार एउटा बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन्।

नेपाली सेनाको श्रीनाथ गणका सेनालाई बोकेर टेम्केमैयुङको लागि हिंडेको ना ४ ख ७३१७ नम्बरको बस सडकबाट करीब २०० मिटर तल खस्दा दुर्घटनामा परेको हो। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिंडेका सेना सवार बस दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा परी २४ जना घाइते भएका छन् भने घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*