एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

७ फाल्गुन २०८२, बिहीबार ११:३५

काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो।

आज मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा केपी शर्मा ओली सहितका पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनि गरिने एमालेले जानकारी दिएको छ। घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली, सुशासन, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा र आवासको ग्यारेन्टी’ जस्ता पक्षलाई मुख्य एजेण्डा बनाउने तयारी एमालेले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*