टिभिएस एनटर्क १२५ का नेपाली प्रयोगकर्ता १.५ लाख पार

७ फाल्गुन २०८२, बिहीबार १२:३८

काठमाडौं । टिभिएस एनटर्क १२५ स्कुटरले नेपालमा १ लाख ५० हजार प्रयोगकर्ता संख्या पार गरेको छ। यो उपलब्धिसँगै उक्त स्कुटर नेपाली दुई–पाङ्ग्रे सवारी बजारमा लोकप्रिय मोडेलका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।

टिभिएस ब्रान्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यस अवसरमा देशभर रहेका अधिकृत टिभिएस बिक्री केन्द्रहरूमा ‘150K Celebration’ आयोजना गरेको छ। कार्यक्रममा ग्राहक, सवारी चालक समुदाय, विक्रेता तथा अन्य सरोकारवालाको सहभागिता रहेको बताएको छ।

१.५ लाख प्रयोगकर्ता संख्या पार गर्नु बिक्रीको आँकडा मात्र नभई ग्राहकको विश्वासको संकेत पनि भएको कम्पनीले जनाएको छ। देशभर फैलिएको बिक्री तथा सेवा सञ्जाल, स्पेयर पाट्र्स आपूर्ति, बजार प्रवद्र्धन र व्यवस्थापन टोलीको समन्वयात्मक प्रयासले यो उपलब्धि सम्भव भएको कम्पनीले उल्लेख गरेको छ।

शुरुआतदेखि नै एनटर्क १२५ स्कुटरले आकर्षक डिजाइन, राम्रो गति क्षमता तथा स्मार्ट प्रविधियुक्त सुविधा मार्फत विशेषगरी युवा र सहरी प्रयोगकर्तामाझ लोकप्रियता हासिल गर्दै आएको कम्पनीको दाबी छ।

यस अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले १.५ लाख प्रयोगकर्ताको उपलब्धि ग्राहक र साझेदारहरूको साथ तथा विश्वासको परिणाम भएको बताए। उनले देशभरको बिक्रेता र सेवा सञ्जालको योगदानप्रति आभार व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*