प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रास्वपा, दलहरुलाई राष्ट्रिय ढुकुटीबाट पैसा दिने प्रस्ताव

७ फाल्गुन २०८२, बिहीबार १८:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचन लक्षित घोषणा पत्र आज सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको बाचा पत्र (घोषणा पत्र) मा सो पार्टीले सरकार बनाएपछि संविधान संशोधन गर्ने प्रस्ताव अन्य दलहरुसँग मिलेर अघि सार्ने र संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने बाचा गरेको छ ।

आज प्रकाशित गरिएको बाचापत्रमा प्रत्यक्ष निर्वाचन प्रणाली खारेज गरी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभाको सांसदहरु चयन गर्ने र सांसदलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्ने बाचा गरिएको छ ।

त्यस्तै, रास्वपाले राष्ट्रिय मान्यता प्राप्त दललाई राज्यकोषबाट चन्दा स्वरुप मासिक लाखौं रुपैयाँ उपलब्ध गराउने उल्लेख गरिएको छ ।

पूर्णपाठ यहाँबाट हेर्न सकिन्छ ।

RSP-BachaPatra-1

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*