आज सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो, प्रतितोला मूल्य कति?
८ फाल्गुन २०८२, शुक्रबार १०:५२

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको यही मूल्यमा कारोबार भएको थियो।
यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भएको थियो।












