बिजुलीको खम्बामा बस ठोक्किंदा २२ जना घाइते
१० फाल्गुन २०८२, आईतवार ०९:०९

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा एउटा यात्रुबाहक बस बिजुलीको खम्बामा ठोक्किंदा बसमा सवार २२ जना घाइते भएका छन्।
आज बिहान करीब सवा सात बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबस अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको खम्बामा ठोक्किंदा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी बसमा सवार २२ जना यात्रु सामान्य तथा मध्यम घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको तत्कालै स्थानीयबासी र प्रहरीको मद्दतले उद्धार गरी उपचारका लागि अस्पताल पठाइसकिएको छ।












