सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा शतप्रतिशतले बढ्यो, ९३ मध्ये कसको कति ? (तथ्यांकसहित)

१० फाल्गुन २०८२, आईतवार १२:१८

काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा नाफा ऋणात्मक रहेका हाइड्रोले समेत उलेख्य नाफा कमाउन सफल भएका हुन् ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९३ कम्पनीले ६ अर्ब ९१ करोड ७५ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १०१.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा हाइड्रो कम्पनीहरुले ३ अर्ब ४१ करोड ४८ लाख ५७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको पुष मसान्तसम्ममा २७ कम्पनीको मुनाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १७ कम्पनी मात्रै ऋणात्मक देखिएको छ ।

सर्वाधिक नाफा आर्जन गर्ने सूचीको पहिलो नम्बरमा अपर तामाकोशी रहेको छ । ६ महिनामा कम्पनीले ९९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोहि अवधिमा ८२ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

त्यस्तै, धेरै नाफा कमाउने दोस्रो नम्बरमा रहेको साहस उर्जाको मुनाफा २७.४६ प्रतिशतले बढेर ९० करोड ४८ लाख रुपैयाँ, माउन्टेन इनर्जीको ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख, ग्रीन भेन्चर्सको २४.७४ प्रतिशतले बढेर ४६ करोड ६७ लाख, अपि पावरको ३६.७५ प्रतिशतले बढेर ४२ करोड ६२ लाख, चिलिमे हाइड्रोपावरको ३.९६ प्रतिशतले बढेर ३९ करोड ८० लाख, राधी विद्युतको ३७० प्रतिशतले बढेर २९ करोड ८४ लाख र बलेफि हाइड्रोपावरको १८ करोड ऋणात्मक रहेकोमा बढेर २२ करोड ८१ लाख नाफामा पुगेको छ ।

समिक्षा अवधिमा बुटवल पावरको १३.४० प्रतिशतले बढेर २२ करोड ५३ लाख, सुपर मोदीको ६९ प्रतिशतले बढेर २० करोड ५९ लाख, सिंगटी हाइड्रोको ३७ प्रतिशतले बढेर १९ करोड ६९ लाख, अप्पर सोलुको ३५ प्रतिशतले बढेर १९ करोड ३६ लाख, माण्डु हाइड्रोको १३ प्रतिशतले बढेर १८ करोड ३० लाख र सानिमा मिडिल तमोरको ३४ प्रतिशतले घटेर १८ करोड नाफा पुगेको छ ।

यसअवधिमा १७ हाइड्रो कम्पनीको नाफा भने ऋणात्मक रहेको छ । रसुवागढी हाइड्रोपावर सबैभन्दा बढी नोक्सानीमा रहेको छ । कम्पनीले १ अर्ब ८ करोड १४ लाख ऋणात्मक रहेको छ । साथै, भिजन लुम्बिनी उर्जा ८ करोड ३२ लाख, त्रिशुली जलविद्युत ६ करोड २५ लाख, मोदी इनर्जी ६ करोड २४ लाख, हिमाल दोलाखा ६ करोड ४ लाख, एशियन हाइड्रो २ करोड ८९ लाख र शिवश्री हाइड्रो २ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कुनको नाफा–घाटा कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*