होटल पार्क ल्याण्डले आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा दियो आवेदन
१० फाल्गुन २०८२, आईतवार १४:१०

काठमाडौँ । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले फागुन ५ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।












