गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा

११ फाल्गुन २०८२, सोमबार ०७:०२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ।

यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित गरी प्रथम पटकका लागि ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो।

यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईको लागि र अधिकतममा ५० लाख इकाईसम्म माग गर्न सकिनेछ। निष्काशन बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते हुनेछ। यो एक खुलामुखी योजना हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*