निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो बढ्यो, प्रभु–नेको र आईजिआईको जोखिम धारण क्षमता उच्च

११ फाल्गुन २०८२, सोमबार १०:१४

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो ३.८१ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको त्रैमासिक वित्तीय विवरण अनुसार उक्त सोल्भेन्सी रेसियो रहेको देखिएको हो ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनी मध्ये प्रभु इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ५.४८ रहेको छ । सोल्भेन्सी रेसियो अनुसार प्रभु इन्स्योरेन्सलाई सबैभन्दा सुरक्षित कम्पनीको रुपमा स्थापीत गरेको छ । कम्पनीले दिर्घकालिन र सन्तुलित व्यवसाय गरिरहेको छ ।

सोल्भेन्सी रेसियोको आधारमा सुरक्षित कम्पनीको सूचिमा दोस्रो नम्बरमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेको छ । दुबै कम्पनीको सोल्भेन्सी रेसियो ५.०६ रहेको छ । अर्को उत्कृष्ट कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ४.७४ रहेको छ । सोल्भेन्सी रेसियोले लगानी गर्नका लागि कम्पनी सुरक्षित रहेको र जोखिम धारणा क्षमता उच्च रहेको देखाएको छ ।

समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४.३८, नेपाल इन्स्योरेन्सको ४.२९, एनएलजी इन्स्योरेन्सको ४.२४, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.८५, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.३१ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको ३.२० सोल्भेन्सी रेसियो अनुपात रहेको छ ।
त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको २.७३, द ओरियण्टल इन्स्योरेन्सको २.६६, सानिमा जिआईसी इन्स्योरेन्सको २.६२ र नेशनल इन्स्योरेन्सको १.६७ सोल्भेन्सी रेसियो अनुपात रहेको छ ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५ अनिवार्य गरेको छ ।

के हो सोल्भेन्सी रेसियो ?

सोल्भेन्सी मार्जिन भनेको बीमा हरूकम्पनीको सम्पत्ति र दायित्व बीचको अनुपात हो । जसले कम्पनीको वित्तीय स्थिरता र जोखिम वहन क्षमताको मापन गर्दछ । यसको उद्देश्य भनेको कम्पनीले भविष्यमा आउने दाबीहरू भुक्तानी गर्न सक्षम छ या छैन भने देखाउँछ अर्थात दाबी भुक्तानीको लागि पर्याप्त पूँजी राख्नु पर्छ भन्ने हो ।

नेपाली बीमा कम्पनीहरूले प्राधिकरणले तोके भन्दा पनि धेरै नै सोल्भेन्सी मार्जिन कायम गरेका छन् । यसले नेपाली कम्पनीहरू जोखिममा छैनन भन्ने देखाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*