हकप्रद शेयरबापतको रकम जम्मा गर्न शेयरधनीलाई युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह
११ फाल्गुन २०८२, सोमबार १०:४३

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आधारभूत शेयरधनीहरूलाई आफ्नो हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो ।
हकप्रद वापतको रकम लक्ष्मी सनराइज बैंकमा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ । तोकिएको समयसीमाभित्र रकम नबुझाए कानुनी प्रावधानअनुसार प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीले गत माघ २७ गते नेपाल धितोपत्र बोर्ड बाट हकप्रद निष्कासनको स्वीकृति प्राप्त गरिसकेको छ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।












