सुस्त पुँजी बजारः लगानी गुमाउदै लगानीकर्ता, किन बढ्न सकेको छैन मार्केट ?

११ फाल्गुन २०८२, सोमबार १५:१०

काठमाडौँ । पुँजी बजार पछिल्ला केही हप्तायता निरन्तर ओरालो यात्रामा छ । आज झिनो अकंले बढेपनि लगानीकर्ता निराश छन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले लगानीकर्तामा सतर्कता बढाएको छ । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ भने सानो नाफा भएपनि शेयर बुकिङ बढ्दै गएको छ । कुनै दलले स्पष्ट बहुमत पाउने सम्भावना कम देखिनुले लगानीकर्ताहरू ‘पर्ख र हेर’ रणनीतिमा रहेका छन्।

विशेषज्ञहरूले अहिलेको बजार ओरालो चुनाव र राजनीतिक अन्यौलसँग सम्बन्धित अस्थायी प्रभाव मात्र रहेको विश्लेषण गरेका छन् । निर्वाचनपछि बन्ने सरकारको नीति र पुँजी बजारसँगको सम्बन्ध अझै अस्पष्ट भएको कारण लगानीकर्तामा सतर्कता कायम छ । यसैबीच, साना नाफा बुकिङले शेयर मूल्यहरूमा थप दबाव सिर्जना गरिरहेको छ, जसले बजार अस्थिरता बढाएको छ ।

त्यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत दिएका छन् भने नियामक निकायले पुँजी बजारप्रति सकारात्मक र उदार नीति लागू गर्ने प्रयास गरिरहेका छन् । यी पहलहरूले भविष्यमा बजारमा स्थायित्व र सुधार ल्याउने सम्भावना रहेको देखिए पनि अहिलेसम्म अपेक्षित प्रभाव बजारमा देखिएको छैन । लगानीकर्ताहरू भने आगामी नीति स्पष्टता र चुनाव परिणामको प्रतिक्षामा रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अकंले बढेर २६१६.९७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लााख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ समूहको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको बढेको छ । आज११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*