आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
११ फाल्गुन २०८२, सोमबार १५:१७

काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । केहि दिनदेखि राताम्य भएको बजार आज सामान्य अकंले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अकंले बढेर २६१६.९७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लााख रुपैयाँको कारोबार भएको हो ।
सोमबार सालपा विकास बैैकको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । साथै, रिलायन्स मिल्सको ९.२८ प्रतिशत, मेगा म्युचुअल फण्ड १ को ६.१० प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ६.१० प्रतिशतले शेयर मूल्य बढेको छ ।













