नेविसंघ संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिको सह–सचिवमा शैलेन्द्र उपाध्याय

११ फाल्गुन २०८२, सोमबार १५:५६

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिको सह–सचिवमा शैलेन्द्र उपाध्यायलाई जिम्मेवारी दिएको छ। अध्यक्ष टंक पराजुलीद्वारा जारी विज्ञप्तिअनुसार विश्वविद्यालयस्तरमा संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित समिति विस्तार गरिएको हो।

बाजुरा घर भई हाल काठमाडौँमा सक्रिय विद्यार्थी राजनीतिमा संलग्न उपाध्याय लामो समयदेखि नेविसंघमार्फत विद्यार्थी हक–हितका विषयमा क्रियाशील रहँदै आएका छन्। संगठनभित्र निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका उनलाई सह–सचिवको जिम्मेवारी दिइनु संगठनभित्रको योगदानको कदरका रूपमा हेरिएको छ।

उपाध्याय रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) का स्ववियु सचिवसमेत हुन्। क्याम्पसस्तरमा उनले शैक्षिक सुधार, प्रशासनिक पारदर्शिता र विद्यार्थी समस्याको समाधानका लागि पहल गर्दै आएका कारण उनको संगठनात्मक अनुभव विश्वविद्यालयस्तरमा उपयोगी हुने विश्वास गरिएको छ।

अध्यक्ष पराजुलीले जारी गरेको विज्ञप्तिअनुसार समितिमा चार जनालाई उपाध्यक्ष, दुई जनालाई सचिव, उपाध्यायसहित चार जनालाई सह–सचिव, एक/एक जनालाई कोषाध्यक्ष र सह–कोषाध्यक्षको जिम्मेवारी दिइएको छ भने अन्य केहीलाई सदस्यमा मनोनयन गरिएको छ। समावेशी प्रतिनिधित्व र सक्रिय कार्यकर्तालाई अवसर दिने उद्देश्यसहित समिति विस्तार गरिएको जनाइएको छ।

नेविसंघको विधान २०२० को सातौँ संशोधन २००५, भाग ३, धारा ६ (११) बमोजिम नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समिति विस्तार गरिएको विज्ञप्तिमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*