नेशनल लाइफ नारायणथान शाखाकी सरिता तामाङ सन् २०२७ को एमडीआरटी छनौैट हुन सफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता सरिता तामाङ सन् २०२७ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेकी उनले ४५ दिनको अवधिमै एमडीआरटी लक्ष्य हासिल गरेकी हुन् ।
दोलखा जन्मघर भई हाल काठमाडौं जोरपाटी बसोबास गर्दै नारायणथान शाखामा कार्यरत सरिता तामाङ विगत ३ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय रहेकी छिन् । उनले सन् २०२६ को टीओटी लक्ष्य समेत हासिल गरीसकेकी छिन् ।
‘शुरुवातका दिनहरू चुनौतीपूर्ण थिए । सामाजिक सञ्जालमा बीमा सम्बन्धी सामग्री सार्वजनिक गर्दा अरूले के भन्लान? भन्ने संकोच थियो । तर काम सुरु गरेको तीन महिनापछि अनलाइन माध्यमबाट बीमा सेवालाई निरन्तरता दिने निर्णय गरेको थिए ।’ उनले भनिन् ।
‘हरेक दिन कार्यालय उपस्थित हुने, नियमित रूपमा मोटिभेशनल तथा जनचेतनामूलक भिडियो पोस्ट गर्ने, बचत र जोखिम व्यवस्थापनका लागि बीमा अपरिहार्य छ । भन्ने सन्देश प्रवाह गर्ने बानीले मलाई सफलता दिलायो ।’
‘मेहनत गरे सफलता जहाँ पनि छ । हार मान्नु हुँदैन। जोखिम लिनु पर्छ। अरूले के सोच्छन् भनेर डराउनु हुँदैन ।’ नेपालको परिवेशमा महिलालाई हेर्ने नकारात्मक दृष्टिकोणलाई चिर्दै उनले सत्यको बाटोमा अडिग रहे सफलताको ढोका आफैं खुल्छ भन्ने कुरालाई प्रमाणित गरेकी छिन् ।












