उद्योग वाणिज्य महासंघको चुनावी माहोलः ढकालको प्यानलसहित उम्मेदवारी घोषणा, कस्तो बन्यो टिम ?

काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चुनावी माहोल सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिको चयन हुने क्रममा वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले प्यानलसहित घोषणा गरेका हुन्।
ढकाल हाल वस्तुगत उपाध्यक्ष रहेका छन्। उनका प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले दोहोर्याउने उद्देश्यले उम्मेदवारी दिने घोषणा गरेकि छन। त्यस्तै, जिल्लारनगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी दिएको छन् । महासंघको नयाँ विधान अनुसार यसपटक दुईजना जिल्लानगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ।
वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रतावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी दिने प्यानल घोषणा भएको छ। ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकाल, नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती, पूर्व महासंघका अध्यक्ष शेखर गोल्छा, ब्यवसायी दिपक मल्होत्रा समेत उपस्थिति थिए ।
महासंघको वार्षिक साधारण सभा आगामी चैत २८ र २९ मा आयोजना हुँदैछ। विधान अनुसार वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतस् अध्यक्ष हुनेछन् भने अन्य पदमा प्रत्यक्ष चुनाव हुने व्यवस्था छ।












