बालेन र रविकै अगाडी रास्वपाका उम्मेदवारलाई कार्यकर्ताले गरे लछार पछार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल आफ्नै कार्यकर्ताबाट झण्डै कुटिन पुगेका छन् ।
फागुन ६ गतेका दिन रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको थियो । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रमुख अतिथिको रुपमा उपस्थित सभा मञ्चमा उम्मेदवारबाहेकलाई छिर्न रोक लगाइएको थियो ।
सभामा सहभागी हुन उम्मेदवार खनाल कार्यकर्ताको हुल बोकेर पुगेका थिए । तर,मञ्चमा उनलाई मात्र छिर्न दिने भनियो । ‘त्यसपछि कार्यकर्ता खनालमाथि नै जंगिए । हामी मञ्चमा जान पाउँदैनौं भने तपाईंलाई पनि जान दिन्नौं भनेर लछारपछार गर्न थाले,’ प्रत्यक्षदर्शी एक नेताले भने ।
उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । अनुशासन गुमाएका आक्रोशित कार्यकर्ताले काठमाण्डौमा चिया अड्डा चलाउँदा चलाउँदै बालेनको कोटाबाट टिकट पाएका खनालमाथि हातपात गर्न खोजेको भिडिओमा स्पष्ट देखिन्छ ।
भिडियोमा देखिएका अनुसार खनाल निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । आफ्नै प्रदेशमा आयोजना गरिएको सभालाई सम्पन्न गर्न भूमिका निर्वाह गर्नुको सट्टा आफैलाई प्रभावशाली देखाउन खोज्दा सो अवस्था सिर्जना भएको हो ।












