बीमा सम्बन्धी कसुरमाथि अब जिल्ला अदालतमा मुद्दा चल्ने, मन्त्रिपरिषदबाट पास भयो यस्तो निर्णय

काठमाडौं । नेपाल सरकारले बीमा ऐन २०७९ को दफा १४० बमोजिमका बीमा सम्बन्धी अपराध भएमा अब जिल्ला अदालतमा मुद्दा चल्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले बीमा ऐनमा व्यवस्था रहेको दफा १४० बमोजिमको अपराधको मुद्दा चलाउन जिल्ला अदालतलाई तोक्ने निर्णय भएको हो ।
यस सम्बन्धमा हालसम्म बीमा सम्बन्धमा बीमा कम्पनी, बीमित, बीमा कर्मचारी वा सञ्चालकबाट भएका बीमा सम्बन्धी अपराधमा कहाँ चलाउने भन्ने स्पष्ट व्यवस्था थिएन ।
आज मन्त्रिपरिषदबाट पारित भएको निर्णयमा बीमा सम्बन्धी अपराधका मुद्दाको कारवाही र किनारा लगाउने अधिकारी जिल्ला अदालतलाई तोकिएको हो ।
बीमा ऐन २०७९ को दफा १४० मा रहेको निम्न अपराधहरुको मुद्दा जिल्ला अदालतमा चल्नेछ ।














