७ महिनामा जीवन बीमकको नयाँ व्यवसाय २५ अर्ब, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा आइएमई

१२ फाल्गुन २०८२, मंगलवार १६:४५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा २५ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले २५ अर्ब ११ करोड ६८ लाख नयाँ व्यवसाय गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुको नयाँ बीमा व्यवसाय गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा २४.७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले २० अर्ब १३ करोड ३८ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै पहिलो नम्बरमा रहेको छ । कम्पनीको नयाँ ब्यवसाय ४१.१३ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नयाँ ब्यवसाय ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

प्रथम बीमा शुल्क सर्वाधिक वृद्धि गर्नेमा भने आइएमई लाइफ अग्र स्थानमा रहेको हो । कम्पनीको उक्त ब्यवसाय ५९.४४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा क्रमशः नेशनल लाइफको प्रथम बीमा शुल्क २६.७२ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड, एलआईसी नेपालको २५.४२ प्रतिशतले बढेर १ अर्ब ९२, सूर्यज्योति लाइफको १०.५७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड, सिटिजन लाइफको ३०.१७ प्रतिशतले बढेर १ अर्ब ५१ करोड, हिमालन लाइफको ५.७१ प्रतिशतले घटेर १ अर्ब ३८ करोड, एशियन लाइफको २१.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड र सानिमा रिलायबलको १३.८७ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको हो ।

यता, रिलायबल नेपाल लाइफको ३३.५९ प्रतिशतले बढेर १ अर्ब १४ करोड, प्रभु महालक्ष्मी लाइफको १५.१५ प्रतिशतले बढेर ९१ करोड ८८ लाख, मेट लाइफको १९.३७ प्रतिशतले बढेर ८८ करोड १० लाख, राष्ट्रिय जीवन बीमाको २८.०६ प्रतिशतले बढेर ७७ करोड ६९ लाख र सन नेपाल लाइफको २१.५१ प्रतिशतले घटेर ६४ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*