डा. दिवाकर भट्टले पाए उपभोक्ता अदालतको अध्यक्षको जिम्मेवारी

१२ फाल्गुन २०८२, मंगलवार १७:४२

काठमाडौं । उपभोक्ता अदालतको अध्यक्षको जिम्मेवारी डा. दिवाकर भट्टले पाएका छन् । न्यायपरिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो ।

उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रुपमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा कानूनको स्नातकोत्तर(एलएलएम) गरेका थिए । साथै हङकङ विश्वविद्यालय हङकङबाट अन्तराष्ट्रिय कानून र मानव अधिकारको अध्ययन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*