दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

१२ फाल्गुन २०८२, मंगलवार १७:५०

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश डा.मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको पक्षमा रिट जारी गरेको हो ।

निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो। उनीमाथि आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।

आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।  सरकार र आयोगले विभिन्न समयमा प्रसाईलाई पक्राउ गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*