मकवानपुरमा घुस लिँदै गर्दा यातायात अधिकृत र बिचौलिया रङ्गे हात पक्राउ
१२ फाल्गुन २०८२, मंगलवार १८:५०

काठमाडौँ । मकवानपुर हेटौंडा उपमहानगरपालिका स्थित यातायात व्यवस्था कार्यालयका छैटौं अधिकृत अमृत भेटुवाललाई घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सवारी सरुवा सहमति दिने बहानामा सेवाग्राहीसँग घुस माग गरीरहेको बेला अख्तियारले नियन्त्रणमा लिएको हो ।
बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरुलाई जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं। ११ स्थित कार्यालयबाट नियन्त्रणमा लिइएको छ।
साथै उनीहरुका तीन थान मोबाइल सेट पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। थप अनुसन्धान जारी रहेको छ।












