छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरीद आह्वान गरेकोमा संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएकोले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४१० रुपैयाँ कायम गरी सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालना हुने संस्थापक शेयरधनी हुन योग्यता पुगेको व्यहोरा खुल्ने कागजात तथा अन्य विवरण सहित आगामी १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।












