दार्चुलाको श्री सिद्ध माविका ३ सय जना विद्यार्थीहरुले हिमालयन लाइफबाट पाए शैक्षिक झोला

१३ फाल्गुन २०८२, बुधबार ११:२८

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक झोला वितरण गरेको छ । कम्पनीले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्यास गाउँपालिका–३, सिना स्थित श्री सिद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरेको हो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले विद्यालयका करिब ३१० जना विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरेको जनाएको छ । भौगोलिक रूपमा अत्यन्तै कठिन र राज्यको नजरबाट टाढा रहेको यस क्षेत्रका बालबालिकाहरू कापी किताब हातमा बोकेर वा झुत्रो झोलामा बोकेर विद्यालय जान बाध्य थिए। उनीहरूको यो बाध्यता र शिक्षाप्रतिको लगावलाई मध्यनजर गर्दै कम्पनीले सहयोगको हात अगाडि बढाएको हो।

शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका उपप्रादेशिक प्रमुख टेक राज आचार्यले विकट क्षेत्रका विद्यार्थीहरूलाई सानो भए पनि सहयोग पुर्‍याउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।

विद्यालय व्यवस्थापन र स्थानीयको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा कम्पनीका तर्फबाट टेक राज आचार्यःउप(प्रादेशिक प्रमुख, नारायण सिंह ठगुन्नाः दार्चुला शाखा प्रमुख, जयन्ती भट्टः अपरेसन इन्चार्ज, निर्मला बम र दीपेन्द्र बोहोराः एजेन्सी म्यानेजरको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*