शिवम् सिमेन्टको ८५% लगानी रहेको शिवम् होल्डिङ्सको व्यापार २२ करोड, आईपीओ मार्फत थप पृथक बन्ने

१३ फाल्गुन २०८२, बुधबार १२:०२

काठमाडौँ । शिवम सिमेन्टको ८५ प्रतिशत लगानी रहेको शिवम् होल्डिङ्सले वर्षदिनमा झण्डै २२ करोड रुपैयाँको व्यापार गरेको छ । आईपीओ समेत निष्कासन गर्ने तयारी रहेको कम्पनीले सन् २०२५ मा २१ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको हो ।

शिवम् होल्डिङ्सको स्थापना सन् २०१५ फेब्रुअरी महिनामा एक निजी सीमित कम्पनीका रूपमा गरिएको थियो । पछि यस कम्पनीलाई सन् २०२२ जुन महिनामा सार्वजनिक सीमित कम्पनीमा रूपान्तरण गरिएको हो । सुरुमा शिवम् होल्डिङ्स लिमिटेडलाई शिवम् सिमेन्टको विशेष उद्देश्यका लागि स्थापना गरिएको संस्थाका रूपमा गठन गरिएको थियो । यसको मुख्य उद्देश्य हङ्सी शिवम् सिमेन्ट प्राइभेटमा रहेको ३० प्रतिशत शेयर स्वामित्व धारण गर्नु थियो । अर्थात्, उक्त सिमेन्ट कम्पनीमा लगानी सम्हाल्न र स्वामित्व कायम गर्न यो कम्पनी स्थापना गरिएको थियो ।

हाल भने शिवम् होल्डिङ्स लिमिटेडले आफ्नो लगानीको क्षेत्र विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले अब जलविद्युत्, उत्पादनमूलक उद्योग, वित्तीय सेवा, आतिथ्य सेवा लगायत विभिन्न क्षेत्रमा लगानी विविधीकरण गर्ने उद्देश्य राखेको छ ।

यसअघि कम्पनीले स्न २०२४ मा २३ करोड २० लाख र सन् २०२३ मा २१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । प्रतिस्पर्धी बजार कम्पनीले उल्लेख्य रुपमा आफ्नो दायरा विस्तार गर्दै गएको छ ।

कम्पनीको पूँजीगत आधार क्रमशः सुदृढ बन्दै गएको देखिन्छ । कुल सम्पत्तिमा आधारित मूर्त खुद सम्पत्ति सन् २०२२ मा ४ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा २०२३ मा ४ अर्ब ५७ करोड, २०२४ मा ४ अर्ब ९० करोड र २०२५ मा ४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन नाफा दर उच्च रहेको छ । कम्पनीको सञ्चालन आम्दानीको ९६ प्रतिशतभन्दा बढी हिस्सा सञ्चालन नाफाका रूपमा कायम रहेको हो ।

शिवम् होल्डिङ्सको प्रमुख आम्दानी स्रोत यसको लगानी कम्पनीहरूबाट प्राप्त लाभांश हो । कम्पनीसँग होङ्शी शिवम सिमेन्टमा ३० प्रतिशत हिस्सेदारी छ भने बाँकी ७०% होङ्कङ रेड लायन सिमेन्ट नं. ३ लिमिटेड होङ्शी समूहको सहायक कम्पनीद्वारा राखिएको छ । सन् २०२५ सम्म शिवम् होल्डिङ्सको होङ्शी शिवम सिमेन्टमा लगानी रकम ४ अर्ब २१ करोड २० लाख रुपैयाँ रहेको छ । होङ्शी शिवम सिमेन्ट नेपालका सबैभन्दा ठूलो सिमेन्ट र क्लिन्कर उत्पादन गर्ने कम्पनीहरू मध्ये एक हो, जसको क्लिन्कर इकाईको स्थापन क्षमता करिब २ मिलियन टन प्रति वर्ष र ग्राइन्डिङ इकाईको क्षमता करिब २.३० मिलियन टन प्रति वर्ष छ। होङ्शी शिवम सिमेन्ट हाल “होङ्शी“ ब्रान्डअन्तर्गत साधारण पोर्टल्याण्ड सिमेन्ट र पोर्टल्याण्ड पोझोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ।

शिवम् होल्डिङ्स लिमिटेडका प्रमुख शेयरधनीहरूमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा ठूलो हिस्सा रहेको छ, जसको स्वामित्व ८५.०३ प्रतिशत रहेको छ । त्यसैगरी विनोद कुमार श्रेष्ठको ३.६३ प्रतिशत र दीपक कुमार झाको ३.२१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

सोहि कम्पनीले जारी पूंजी ५ अर्व ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरले एक करोड १६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*