ठूलो विदेशी मुद्रासहित स्विडिस नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ
१३ फाल्गुन २०८२, बुधबार १२:४४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा ओसारपसार गर्ने क्रममा स्विडिस नागरिक पक्राउ परेकी छन्।
५१ वर्षीया कुन्चोक खान्द्रो मंगलबार विमानस्थलको अन्तर्राष्ट्रिय होल्ड ब्यागेज जाँच क्षेत्रबाट पक्राउ परिएकी हुन्। प्रहरीले उनीसँग अमेरिकी डलर करिब १० हजार ५ सय, युरो २६ हजार ७००, चिनियाँ युआन ७ हजार ४ सय र स्विडेन क्रोनर ४३ हजार रकम भएको जनाएको छ।
प्रहरीका अनुसार खान्द्रो सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जाने तयारीमा थिइन्। उनलाई आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ।












