आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१३ फाल्गुन २०८२, बुधबार १५:१६

काठमाडौँ । लगातार तीन दिन शेयर बजारमा सुधार देखिएको छ । बजारमा सुधार देखिएसँगै अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३० अकंले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।
आज २ कम्पनीकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सालपा विकास बैंक र रिलायन्स मिल्सको शेयरमा सर्किट लागेको हो ।
साथै, विन नेपाल लघुवित्तको ९.६६ प्रतिशत, सुपर माईको ९.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।













