कार किन्ने सुनौलो अवसर: ५.९१ प्रतिशत ब्याजदरमा नबिल बैंकको अटो लोन

१३ फाल्गुन २०८२, बुधबार १६:०५

काठमाडौँ । अटो बजारमा प्रतिस्पर्धा चुलिँदै जाँदा बैंकहरूबीच पनि कर्जा अफरमा आक्रामकता देखिन थालेको छ। यसैक्रममा नबिल बैंकले विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका प्यासेन्जर कार खरिदका लागि ५.९१ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार ग्राहकले सवारी साधनको कुल मूल्यको अधिकतम ६० प्रतिशतसम्म कर्जा सुविधा लिन सक्नेछन्। बाँकी ४० प्रतिशत रकम भने डाउनपेमेन्टका रूपमा ग्राहकले स्वयं व्यवस्थापन गर्नुपर्नेछ। कर्जाको भुक्तानी अवधि बढीमा ७ वर्षसम्म रहने व्यवस्था गरिएको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*