२५ लाखको हात रित्तो हुने रिज लाइनको आईपीओ कहिले हुन्छ बाँडफाँड ?

१३ फाल्गुन २०८२, बुधबार १६:१५

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको आईपीओ भोलि अर्थात् फागुन १४ गते बाँडफाँड हुने भएको छ । कम्पनीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ बिहिबार बिहान बाँडफाँडको तयारी भइरहेको हो ।

कम्पनीको आईपीओमा २६ लाख ६२ हजार ७८३ जनाले आवेदन दिएका थिए । जसमा १ लाख १८ हजार २६ जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । २५ लाख ४४ हजारको हात भने रित्तो हुने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिशेयर १०० रूपैयाँ दरका कुल ११ लाख ८० हजार २६० कित्ता शेयर निष्कासन गरेको थियो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*