सुपरमाई हाइड्रोपावरको शेयरमूल्य समायोजन

१३ फाल्गुन २०८२, बुधबार १८:३०

काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५९१ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*