यी वेबसाईटबाट हेर्नुहोस् रिज इनर्जीको आईपीओ रिजल्ट
१४ फाल्गुन २०८२, बिहीबार ०९:३३

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।
आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलको वेबसाईट https://www.prabhucapital.com/ipo-allotment, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।












