२८ लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँमाथिः चार कम्पनी ऋणात्मक, कुनको कति ?

१४ फाल्गुन २०८२, बिहीबार १३:००

काठमाडौँ । लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएसँगै प्रतिशेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा अधिकांश कम्पनीको प्रतिशेयर आम्दानी बढेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा ५० लघुवित्तको प्रतिशेयर आम्दानी औसत २४.४२ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी औसत ११.१६ रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी हुने कम्पनीमा नेष्डो समृद्धि लघुवित्त रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १०६ रुपैयाँ ऋणात्मकबाट बढेर ६३.९९ रुपैयाँ पुगेको हो ।

पुष मसान्तसम्मको अवधिमा युनिक नेपाल लघुवित्तको ६२.३१ रुपैयाँ, अभियान लघुवित्तको ६१.८९ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको ५१.८७ रुपैयाँ, जीवन विकास लघुवित्तको ५०.६५ रुपैयाँ, नेशनल लघुवित्तको ४८.२१ रुपैयाँ र डिप्रोक्स लघुवित्तको ४७.४१ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ ।

यता, प्रतिशेयर आम्दानी मिथिला लघुवित्तको ४७.२२ रुपैयाँ, ग्रामिण विकास लघुवित्तको ४३.७४ रुपैयाँ, गुरास लघुवित्तको ४०.२२ रुपैयाँ, सामुदायिक लघुवित्तको ३९.०१ रुपैयाँ, आत्मनिर्भर लुघवित्तको ३८.९५ रुपैयाँ, स्वाभिमान लघुवित्तको ३८.११ रुपैयाँ, माहुली लघुवित्तको ३६.१४ रुपैयाँ र महिला लघुवित्तको ३३.०६ रुपैयाँ रहेको छ ।

यसअवधिमा ४ कम्पनीको प्रतिशेयर आम्दानी भने ऋणात्मक रहेको छ । विन नेपाल लघुवित्तको ४१.०९ रुपैयाँ, सिर्जनशिल लघुवित्तको ३६.७५ रुपैयाँ, गणपति लघुवित्तको ४.७१ रुपैयाँ र विजय लघुवित्तको ०.४५ रुपैयाँ प्रतिशेयर आम्दानी ऋणात्मक रहेको हो ।

सम्बन्धीत समाचार

४६ माइक्रोफाइनान्सको खराब कर्जा बढ्योः २१ लघुवित्तको १० प्रतिशतमाथि, कुनको कति ?

माइक्रोफाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ४ अर्ब ७९ करोड, कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*