बागमती प्रदेशमा युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसायिक समीक्षा बैठक सम्पन्न

१४ फाल्गुन २०८२, बिहीबार १३:५८

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको बागमती प्रदेश कार्यालयले आर्थिक वर्ष ८२।८३ को पहिलो सात महिनाको व्यवसायिक समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकमा प्रदेशका शाखा तथा उपशाखाहरूको हालको प्रदर्शन मूल्याङ्कन, वृद्धि सम्भाव्यता पहिचान र सञ्चालन सुधारका रणनीतिहरूमा छलफल भएको हो ।

बैठकमा सहभागी प्रबन्धक तथा कर्मचारीहरूले शाखाहरूको प्रदर्शनका कमजोरी र सुधारका अवसरहरू विश्लेषण गर्दै, डेटा आधारित निर्णयमार्फत भविष्यका योजना तय गर्ने कार्यमा जोड दिएका थिए। कम्पनीले यस प्रकारको बैठकले कार्यसम्पादन सुधार्ने, शाखाहरूबीच सहकार्य बढाउने र ग्राहक सेवामा गुणस्तर वृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

साथै, कम्पनीले आगामी दिनेमा आफ्ना योजना र रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त समेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*