बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१४ फाल्गुन २०८२, बिहीबार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा सुधार आएको छ । बजार लगातार चौथो दिन समेत बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.०३ अकंले बढेर २६५४.९३ बिन्दुमा कायम भएको छ । आज३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

आज सापला विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ५३.१० रुपैयाँले बढेर ५८४.५० रुपैयाँ पुगेको हो ।

यता, रिलायन्स मिल्सको ९.२६ प्रतिशत, हिम स्टार उर्जाको ६ प्रतिशत,झापा इनर्जीको ३.९३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*