दुस्मनलाई झैं गोली प्रहार: ‘पिटर १’ को निर्देशनपछि १९ को ज्यान, बिबिसिको डकुमेन्ट्रीको यस्तो खुलासा

१४ फाल्गुन २०८२, बिहीबार १५:४४

काठमाडौं। बीबीसी वर्ल्ड सर्भिसअन्तर्गतको अनुसन्धान इकाइले सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनले भदौ २३ (सेप्टेम्बर ८) मा काठमाडौंमा भएको प्रदर्शनका क्रममा हजारौं निहत्था युवामाथि घातक हतियार प्रयोग गर्न शीर्ष तहबाट आदेश दिइएको दाबी गरेको छ।

प्रतिवेदनअनुसार राजधानीमा भएको उक्त प्रदर्शनका क्रममा ज्यान गुमाउने १९ जनामध्ये एक जना विद्यालय पोसाकमै रहेका १७ वर्षीय किशोर श्रीयम चौलागाईं थिए। भिडियो प्रमाणको विश्लेषणका आधारमा उनी भीडबाट टाढा जाँदै गर्दा टाउकोको पछाडि गोली लागेको देखिएको जनाइएको छ। घटनामा दर्जनौं व्यक्ति घाइते भएका थिए।

बीबीसीको अनुसन्धान टोलीले फेला पारेको भनिएको प्रहरीको आन्तरिक कागजातमा ‘पिटर १’ कल साइन प्रयोग गर्ने अधिकारीले कर्फ्यू लागू भएको करिब १० मिनेटपछि ‘आवश्यक बल प्रयोग गर्न’ निर्देशन दिएको उल्लेख छ। फिल्डमा खटिएका अधिकृतहरूले घातक हतियार प्रयोगका लागि बारम्बार अनुमति मागेपछि उक्त आदेश जारी भएको दाबी गरिएको छ।

अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै प्रतिवेदनले ‘पिटर १’ नेपालका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रयोग गर्ने कल साइन भएको जनाएको छ। खापुङले आफूले आदेश दिएको विषय अस्वीकार नगरे पनि यसबारे विस्तृत प्रतिक्रिया दिएका छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*