हजुरआमाले दिइन् नातिलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार
१४ फाल्गुन २०८२, बिहीबार १७:०६

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ।
यसै क्रममा सुर्खेत जिल्लामा बसोबास गर्दै आएकी एक हजुरआमाले नाति संयोग शाहीको पास्नीको अवसर पारेर बीमा पोलिसी उपहार दिएकी छिन् । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखा कार्यालयमै पुगेर ५ लाख रुपैयाँ बीमाङ्कको रिलायबल सर्वसुलभ बाल जीवन बीमा पोलिसी खरिद गरी नातिलाई उपहार दिएकी हुन्।
उक्त पोलिसीको प्रस्ताबक पदम बहदुर शाही रहेका छन् । नातिको सुरक्षित भविष्य सुनिश्चित गर्नुका साथै जोखिम कभर र बचतसँगै सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त बीमा पोलिसी खरिद गरिएको उनले बताइन् उक्त बीमालेख कम्पनीका तर्फबाट खगेन्द्र बहादुर मल्लले हस्तान्तरण गरेका थिए ।












