नेपाल एसबिआई बैंकद्वारा मधेशका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौँ । नेपाल एसबिआई बैंकले मधेश प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ। बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा स्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवनस्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराजस्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्धिक अपाङ्गता विद्यालय, र रौतहट जिल्लाको चन्दपुर स्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको हो।
सहयोगमा व्हाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग साथै अन्य शैक्षिक र खेलकुद सामग्रीहरु समावेश छन्। यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई प्रभावकारी बनाउने र विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ। यस कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ८०० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन्।
बैंकले समुदायस्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आएको जनाएको छ।
नेपाल एसबिआई बैंक लिमिटेड बिगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम, र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।












