चुनावको मुखैमा बढ्यो तरकारीको मूल्य, यस्तो छ शुक्रबारको मूल्यसूची

१५ फाल्गुन २०८२, शुक्रबार ०७:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । आसन्न फागुन २१ गते हुने चुनावको मुखैमा व्यापारीहरुले तरकारीको मूल्य बढाएका छन् ।

सो अनुसार आज सानो लोकल गोलभेंडा २० रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, भन्टा ७० रुपैयाँ र लोकल घिउ सिमी ५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी पाकेको फर्सी ४५ रुपैयाँ, हरियो फर्सी १२ रुपैयाँ, भिण्डी १४० रुपैयाँ, पिंडालु ४५ रुपैयाँ, इस्कुस ४० रुपैयाँ, रायो साग १५ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*