युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कहिलेदेखि हुन्छ कारोबार ?

१५ फाल्गुन २०८२, शुक्रबार ०७:५५

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरका लागि शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजनपश्चात प्रतिकित्ता ४३१.६४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४६४.८० रुपैयाँ कायम थियो ।

आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको शेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*