लक्ष्मी सनराइज बैंकको तीन लाख १६ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

१५ फाल्गुन २०८२, शुक्रबार ०८:५५

काठमाण्डौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले तीन लाख १६ हजार ३०६ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि सो शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*