चुनावको मुखैमा रास्वपा पार्टी त्याग्नेको संख्या बढ्यो

१५ फाल्गुन २०८२, शुक्रबार १०:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोड्ने सदस्यहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । सोही क्रममा रास्वपाबाट २०७९ सालको निर्वाचनमा कास्की–१ बाट उम्मेदवार बनेका राजु राईले पार्टी परित्याग गरेका छन् ।

टिकट वितरणदेखि नै असन्तुष्ट रहँदै आएका राईले आज बिहान फेसबुकमार्फत आफ्नो विचार राख्दै पार्टी छाडेको घोषणा गरेका हुन्। ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ। आजबाट राजनीति र पार्टीका लागि एक कौडी पैसो र एक सेकेन्ड खेर फाल्ने छैन। स्वतन्त्र नागरिक बनेर समाजसेवामा लाग्नेछु,’ राईले लेखेका छन्।

गत माघ ४ गते नै टिकट नपाउने छाँट देखिएपछि ‘नेताको चाकडी गरेर सांसद हुनुभन्दा जनातको कमारो बन्न तयार छु’ भन्ने अभिव्यक्ति दिएका थिए। अहिले कास्की–१ बाट रास्वपाले लेखकसमेत रहेका खडकराज पौडेल ‘गनेस’लाई मैदानमा उतारेको छ। देशभरी विभिन्न ठाँउबाट स्वास्वपा पार्टी त्याग्नेको संख्या बढीहरको छ । अधिकांशले सामाजिक सञ्जालमा धारणा व्यक्त गर्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी जनाउदै आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*