सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका ६ थप अस्पतालमा १५ प्रतिशतसम्म छुट

१५ फाल्गुन २०८२, शुक्रबार ११:२६

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुन : हस्ताक्षर भएको छ ।
यसअघि प्रदान गरिएको छुट सुविधा केवल मेदान्ता, गुडगावँमा मात्र लागू हुँदै आएकोमा, नयाँ सम्झौतापछि उक्त छुट सुविधा मेदान्ताको थप ६ अस्पतालहरू मेदान्ता नोएडा,मेदान्ता सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची र मेदान्ता अस्पताल, राँचीमा तथा ५ मेडिक्लिनिकबाट समेत उपलब्ध हुने भएको छः ।
उक्त समझदारीपत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेलले हस्ताक्षर गरे । हाल यस बैंकका ग्राहकहरुले यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिसकेका छन् र आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई थप लाभान्वित गर्न बैंकले सहकार्यलाई पुनस्निरन्तरता दिन सफल भएको छ । यस सहकार्यको निरन्तरताले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मेदान्त द मेडिसिटि हस्पिटल बीचको सम्बन्ध अझ सशक्त भएको तथा भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*