काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने

१५ फाल्गुन २०८२, शुक्रबार १४:५५

काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय अब राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार, फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै १८ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरिएको हो।

सीडीओ कार्यालयले अर्को निर्णय नभएसम्म रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्नुपर्नेछ। सार्वजनिक हित र निर्वाचन व्यवस्थापनलाई ध्यानमा राख्दै यो नयाँ समयसीमा लागू गरिएको प्रशासनले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*