इजरायलमा रहेका बिदेशी कुटनीतिज्ञहरुको भागाभाग, भिषण नयाँ युद्धको तयारी

१६ फाल्गुन २०८२, शनिबार ००:०७

काठमाडौं (एजेन्सीहरुको सहयोगमा) । यतिबेला इजरायलको राजधानी जेरुसेलम तथा मुख्य शहर तेलअभिभमा रहेका विदेशी कुटनीतिज्ञहरु भागभागको अवस्थामा छन् । आफ्ना देशहरुले तत्काल इजरायल छोड्न र जुनसुकै उपाय भएपनि अवलम्वन गरेर इजरायली भूमिबाट बाहिर निस्कन भनेपछि भागभागको अवस्था आएको हो ।

आजै विहान अमेरिकी राजदूत हुक्काबीले आफ्ना कर्मचारीका आफन्त तथा अन्य इजरायल छोड्न चाहने कर्मचारीहरुलाई आजै बाहिरिसक्न भनेका छन् । साथै राजदूतले चेतावनीको भाषामा आजै वा ढिलो नहुदै इजरायली भूमिबाट बाहिर गईसक्न भनेका छन् । त्यस लगत्तै इजरायलमा रहेका अमेरिकी कुटनीतिज्ञहरुको भागदौड जस्तै बनेको बताइएको छ ।

उता, बेलायतले पनि आफ्ना दुताबासको कर्मचारीहरुलाई केही बेरअघि गोप्य रुपमा अन्यत्र सारेको टाईम्स अफ इजरायलले जनाएको छ । समाचार अनुसार इजरायल, अमेरिका र इरानबीच कुनै पनि बेला युद्ध सुरु हुने र त्यस भयानक युद्धबाट आफ्ना कर्मचारीहरुलाई सुरक्षित राख्न बेलायतले त्यहाँस्थित दुताबासका कर्मचारीहरुलाई अन्यत्र सारेको हो ।


उता, युद्ध हुनै लागेको भन्दै पोल्याण्ड पनि आफ्ना सबै नागरिकलाई इजरायल, इरान र लेबनानबाट तत्कालै बाहिर निस्कन नोटिस जारी गरेको छ । पोल्याण्डले ति देशहरुमा उत्पन्न हुनसक्ने युद्धको खतराबाट सुरक्षित रहन जुनसुकै माध्यमबाट तत्कालै ति देशहरुबाट बाहिर जान भनिएको छ ।

उता, फ्रान्सले पनि वेष्ट बैंक र इजरायलको भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई कडा सूचना जारी गरेको छ । अहिले इजरायलमा मच्चिरहेको भागदौडको पृष्ठभूमिमा आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वार्ता प्रक्रियाबाट आफू सन्तुष्ट नभएको भन्दै कडा प्रतिक्रिया दिएका छन् । यद्यपि उनले इरानमाथि आक्रमणको आदेश दिईनसकेको जनाएका छन् ।
उल्लेखित तथ्य कारणहरुबाट इरान अमेरिका र इजरायलका बीचमा भयानक युद्धको दृष्य अगाडि आएको छ ।

इजरायलमा यसअघि पनि थुप्रै नेपाली मारिएको र विपिन जोशीको अपहरणकै अवस्थामा मृत्यु भएको भन्दै लाशको टुक्रा मात्रै नेपाल फर्काइएको थियो । अहिले पनि त्यहाँ ठूलो मात्रामा नेपालीहरु रहेका छन् । त्यस्तै, मध्यपूर्वको कतार, ओमान, दुबई, साउदी अरेबिया, जोर्डन, कुवेत र इरानमै पनि लाखौं नेपालीहरु कार्यरत रहेका छन् । उनीहरुको सुरक्षाको लागि सरकारले ठोस पहल गर्न किन ढिलाई गरिरहेको छ ? प्रश्न उठेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*