इरानमाथि अमेरिका र इजरायलद्वारा भिषण हवाई हमला, मध्यपूर्वका २० लाख नेपाली जोखिममा

१६ फाल्गुन २०८२, शनिबार १३:०८

काठमाडौं । संसारभरका नागरिकहरुले नहोस् भनेको भयानक युद्ध अन्ततः मध्यपूर्वमा आजबाट सुरु भएको छ । आज विहानै अमेरिका र इजरायलले इरानमाथि भिषण हवाई हमला गरेसँगै मध्यपूर्वमा अहिलेसम्मकै सबैभन्दा धेरै जटिलस्थिति उत्पन्न भएको छ । कतारले आकाश खाली गराउन खोज्न पनि सकिरहेको छैन । इरानले आफ्नो आकाशमा रहेका सबै जहाजलाई बाहिर पठाइसकेको छ ।

केहीबेर अघि मात्रै इजरायलमा केन्द्रीत रहेर अमेरिकाले इरानमाथि भिषण सैन्य हमला गरेको हो । इरानमाथि आक्रमण गर्न इजरायली आकाशबाट दुवै देशका लडाकु जहाजहरु प्रयोग गरिएको छ ।

अमेरिकी आक्रमणमा तेहरानका कैयौं स्थानमा विस्फोटको आवाज सुनिएको छ । क्षतिको विवरणहरु आइसकेको छैन । उता, इरानले पनि अमेरिकलाई कडा चेतावनी दिँदै आएको छ । इरानी सर्वोच्च नेता आयोतोल्ला खामेनीले अमेरिकी युद्धपोतलाई समुन्द्रको पिधमा डुबाईदिने चेतावनी यसअघि नै दिइसकेका छन ।

मध्यपूर्वमा युद्ध सुरु भए लगत्तै त्यहाँ रहेका करिब २० लाख नेपालीको जीवन रक्षा गर्न सरकारले तत्कालै र यथाशीघ्र काम सुरुगर्नुपर्ने देखिन आएको छ । मध्यपूर्वमा कतार, साउदी, युएई, बहराईन, ओमान, कुवेत लगायतका देशहरुमा रहेका करिब २० लाख नेपालीहरुको उद्धार तथा जीवन रक्षाको लागि तत्कालै पहल सुरु गर्नुपर्ने देखिन आएको छ ।

उता, इजरायलमा रहेका हजारौं नेपालीहरुको जीवन सुरक्षाको बिषयमा पनि सरकारले तत्कालै पहल सुरु गर्नुपर्ने देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*